FAQs Complain Problems

क्वारेन्टीन अपडेट- मिति २०७७ जेठ १७ गते साँझ ६ बजे सम्म

आज साँझ ६:०० बजे सम्म थप २० जनालाई उद्दार गरि ल्याईए सँगै हाल (मिति २०७७/०२/१७ गते साँझ ६:०० बजे)यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा तपशिल बमोजिम जम्मा ६१६ जना व्यक्तिहरु रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ ।

विभिन्न नाकाबाट नगरबासीहरुलाई उद्दार गरि ल्याउने क्रम जारी रहेकाले याे संख्या बृद्दि हुने देखिन्छ ।

क्वारेन्टाइन व्यवस्थापनमा सहयाेग गर्न ईच्छुक महानुभावहरु लाई नेपाल बैंक लिमिटेड जोगबुडा शाखामा रहेको परशुराम नगरपालिका प्रकोप व्यवस्थापन कोषको खाता नं. २४४०३०००००७००२०००००१ मा रकम जम्मा गरिदिनहुन तथा जिन्सी सामानहरु नगरपालिकाको कार्यालय वा वडा कार्यालयमा हस्तान्तरण गरी सहयाेग गरिदिनहुन हार्दिक अपील गर्दछौं ।