FAQs Complain Problems

जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/२७ देखि २०७४/११/२८ गते सम्म यस नगरका १२ वटै वडाका निर्वाचित जनप्रतिनिधिहरुको सहभागितामा दुई दिने जनप्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ .परशुराम नगरपालिकाका नगरप्रमुख श्री भिम बहादुर साउद ज्यु को अद्क्ष्यता सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्न्वय समितिका संयोजक श्री गणेशराज भट्ट ज्यु द्वारा गरिएको थियो . परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री इश्वर्लाल शाक्य ज्युले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण , डडेल्धुरा जिल्लाका जिल्ला समन्न्वय समितिका संयोजक श्री गणेशराज भट्ट र जिल्ला समन्न्वय अधिकारी श्री राजेशवाबु घिमिरे ज्यु ले गर्नुभएको थियो .आजै सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय सरकार संचालन ऐन २०७४ लगायत अन्य बिबिध विषयमा प्रशिक्षण, छलफल तथा अन्तरक्रिया गरिएको थियो .विभिन्न ऐन , नियम र कार्यविधिहरु परिमार्जित भई नया विधि र पद्धतिलाई सुचारु रुपले अगाडी बढाउनु पर्ने वर्तमान परिपेक्षमा उक्त २ दिने कर्यक्रमले आगामी दिनहरुमा सम्पूर्ण जनप्रतिनिधिहरु लाई कार्यसम्पादनमा टेवा पुग्ने आयोजक परशुराम नगरपालिकाले अपेक्षा गरेको छ.