परशुराम नगरपालिकामा तपाईंलाई स्वागत छ |

 

संक्षिप्त परिचय

नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका मध्ये भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-८-१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको  वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष ) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो ।सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।

यस न.पा को कुल क्षेत्रफल ४१४.८७ बर्ग कि.मि रहेको छ र कूल जनसंख्या ४३९४२ जनघनत्व (२०६८ को जनगणना अनुरुप) रहेको छ ।यस न.पा को केन्द्र लालढुगां जोगबुडामा रहेको छ ।