FAQs Complain Problems

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

(प्रथम पटक प्रकाशित मिति:- २०७७/०४/२२)

प्रस्ततु विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. 2077/78 च.नं. /PMEP/२३ को मिति २०७७/04/12 को पत्रानसुार यस परशुराम नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनरोध छ।

सि.नं.

विज्ञापन नं.

पद

तह

आवश्यक संख्या

1-2077/078

प्राविधिक सहायक

स्थानीय सेवाको पाँचौ तह सरह

१. आवश्यक न्यूनतम योग्यता र अनभुव:-   

(क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको

(ख) अनभुव र सीप:- प्राविधिक सहायकमा देहायका अनभुव र सीप आवश्यक पर्नेछ:-

• कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको,

• पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न  र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्ने टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनभुव भएको ।

(ग) उमेर:- कम्तीमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको  

2. दरखास्त दिने स्थान:- परशुराम नगर कार्यपालिकाको कार्यालय, जोगबुडा, डडेल्धुरा  

३. दरखास्त दिने अन्तिम मिति:- २०७७/०५/04 गते कार्यालय समय भित्र

४. आवेदनको दस्तुर:- रु. १०००/-

५. छनौटको किसिम:- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा

६. आवेदन साथ संलग्न कागजातहरु:- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु

• नेपाली नागरिकताको प्रमाणपत्र                 • न्यनुतम योग्यताको लब्धांक प्रमाणपत्र                                         • चारित्रिक प्रमाण पत्र                                       • अनभुव खुल्ने कागजात                              • २ प्रति पासपोर्ट आकारको फोटो

७. सेवा सुविधा:- गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति  सम्बन्धी प्रक्रिया को दफा (११), (१२) र (१३) बमोजिम हुनेछ ।

८. पदले सम्पादन गर्नुपर्ने कार्यविवरण:- गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति  सम्बन्धी प्रक्रिया को दफा (९) बमोजिम हुनेछ ।

 नोटः- आवेदनको ढाचाँ, प्राविधिक सहायक पदको कार्यविवरण र पाठ्यक्रम लगायत अन्य जानकारी परशुराम नगरपालिकाको वेबसाईट www.parshurammun.gov.np तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाईट www.pmep.gov.np मा उपलब्ध छ ।

                                                                     तारानाथ पनेरु                                

                                                                प्रमुख प्रशासकीय अधिकृत