सूचना:
पाठेघर तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/०५ देखि २०७१/११/०९ गते सम्म यस नगरका तपशिलका स्थानहरुमा नेपालगंज मेडिकल कलेज कोहलपुर, बाँके को प्राविधिक सहयोगमा पाठेघर तथा प्रजनन स्वास्थ्य शिविर सफलता पुर्वक सम्पन्न भएको छ .उक्त शिविरमा जम्मा ५५५ जना नगर वासीहरुले आफ्नो नजिकको स्थानमा उपस्थित भई यो सुबिधा लिएका थिए भने २२ जना लाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा र ३७ जना लाई नेपालगंज मेडिकल कलेजमा थप उपचार (अपरेशन) को लागि रिफर गरिएको छ . तपशिल १) मिति २०७४/११/०५ गते वार्ड न. ०३ शिर्षमा ८० जना २) मिति २०७४/११/०६ गते वार्ड न. ०३ शिर्षमा ६३ जना ३) मिति २०७४/११/०७ गते वार्ड न. ०३ शिर्षमा ८५ जना ४) मिति २०७४/११/०८ गते वार्ड न. ०३ शिर्षमा १२३ जना ५) मिति २०७४/११/०९ गते वार्ड न. ०३ शिर्षमा २०४ जना जम्मा ५५५ जना