FAQs Complain Problems

सूचना प्रविधि अधिकृतको सेवा करारमा लिने सम्बन्धी सूचना ।

सूचना नं.:- ०१/२०७८/०७९

सूचना प्रविधि अधिकृतको सेवा करारमा लिने सम्बन्धी सूचना ।

सूचना प्रकाशित मितिः २०७८/०४/२७

प्रस्तुत विषयमा यस परशुराम नगरपालिकाको लागि तपशिलको संख्या र योग्यता भएको कर्मचारी करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र माग बमोजिमको विवरण र यस नगरपालिकाको राजश्व शाखामा राजश्व तिरेका रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः

क्र.सं.

विज्ञापन नं.

पद

तह

जम्मा माग पद संख्या

कैफियत

१/२०७८/०७९

सूचना प्रविधि अधिकृत

अधिकृतस्तर छैठौं वा सो सरह

 

 

  1. योग्यता : लोक सेवा आयोगले लिने "कम्प्युटर अधिकृत" पदको न्युनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Information and Communications Technologies वा सो सरहको विषयहरु मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCIS, BEIT, Bsc.IT, Bsc.CSIT, BE. Electronics and Communication Engineering, BTech Electronics and Communication Engineering, B.Ed. ICT) उपाधि  प्राप्त गरेको हुनुपर्नेछ । 
  2. आवश्यक कागजात : व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र (नेपाल बाहिरको प्रमाणपत्र भए नेपालको विश्वविद्यालयबाट समकक्षता निर्धारण गरिएको प्रमाण), कार्य अनुभवको प्रमाणपत्रहरु स्वयं उम्मेदवारले दस्तखत गरेर प्रमाणित गरी पेश गर्नु पर्नेछ । 
  3. कार्य विवरण (TOR) : प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम (PLGSP) को शर्त बमोजिम परशुराम नगरपालिकाको वेवसाईट www.parshurammun.gov.np को गृहपृष्ठमा उल्लेख भएको सूचना तथा कार्यालयको आवश्यकता अनुसार हुनेछ ।
  4. परीक्षाको किसिम : संक्षिप्त सूची (Short List), सिप परीक्षण र अन्तरवार्ता ।
  5. दरखास्त दिने अन्तिम मितिः २०७८।०५।०९ गते सम्म ।
  6. आवेदन दस्तुर : रु १०००।०० (एक हजार) मात्र ।
  7. तलव : नेपाल सरकारले तोकेको अधिकृत स्तर छैठौं तहको सुरु तलब स्केल बराबर हुनेछ । 
  8. उमेर : पुरुषको हकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तथा महिलाको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको । 
  9. परीक्षाको मिति : संक्षिप्त सूची (Short List) प्रकाशित गर्दा जानकारी गराईनेछ ।
  10. सेवा करार अवधि : २०७९ आषाढ मसान्त सम्म ।
  11. दरखास्त फारम तथा अन्य थप जानकारीको लागि नगरपालिकाको वेवसाईट www.parshurammun.gov.np मा हेर्न वा नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

 

 

                                                                                                                                                                                                                                      तारानाथ पनेरु

                                                                                                                                                                                                                            प्रमुख प्रशासकीय अधिकृत