आज सिताराम मा.वि.(प्रा.वि. शाखा) कुर्मुल्ले क्वारेन्टीनमा १ जना र बैजनाथ मा.वि. सलेता क्वारेन्टीनमा १ जना गरी थप २ जनामा RDT पोजेटिभ देखिएको छ । यस सँगै परशुराम नगरपालिकामा जम्मा ४ जनामा RDT पोजेटिभ देखिएको छ । RDT पोजेटिभ देखिएका चारै जनालाई स्वास्थ्यकर्मीको निगरानीमा अलगै राखिएको छ ।
आज विहान १०:०० बजे सम्म थप ६६ जनालाई उद्दार गरि ल्याईए सँगै हाल (मिति २०७७/०२/२० गते विहान १०:०० बजे)यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा तपशिल बमोजिम जम्मा ८५७ जना व्यक्तिहरु रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ ।
आज साँझ ६:०० बजे सम्म थप ४ जनालाई उद्दार गरि ल्याईए सँगै र १४ दिन क्वारेन्टाईनमा बसी RDT रिपोर्ट नेगेटिभ आएर ५ जना लाई डिस्चार्ज गरिए सँगै हाल (मिति २०७७/०२/१९ गते साँझ ६:०० बजे)यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा तपशिल बमोजिम जम्मा ७९१ जना व्यक्तिहरु रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ